
नबिन के.सी
खन,अर्घाखाँची(अर्घाखाँची डट्कम)मालारानी गाउँपालिका वडा नं ४ खनमा बिप्रेषण सेबा सुरु भएको छ । मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले हिजो रिबन काटेर उक्त सेबाको शुभारम्भ गर्नु भएको थियो ।
मालारानी गाउँपालिकाको ध्येय सहकारी ,व्यबसाय र समूहबाटनै मालारानीलाई सम्बृद्ध बनाउने अभियानमा बिप्रेषण सेबाले एउटा ईटा थपने काम गरेको मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो ।
जालकाडाँ बचत तथा क्रृण सहकारी संस्था लिं र जनचेतना सरोकार मञ्चको सहयोगमा प्रभु रेमिट मार्फत बिश्व भर रकम पठाउन पाउन सकिने गरि सेबाको सुरुवात गरिएको छ । यस्ता सेबाले मालारानी बासीलाई काममा सहज हुने र बिदेशबाट आएको पैसालाई उत्पादन संग जोडनु पर्ने आचार्यले बताउनु भयो ।
युबाहरुलाई स्वरोजगार सिर्जना गरि गाउँमै बस्ने वातावरण मिलाउनु पर्नेमा पालिका उपाध्यक्ष प्रमिला क्षेत्रीले जोड दिनु भयो । सेबा शुभारम्भमा जस्तै जोस जागर निरन्तर दिने र अन्य बचतका कारोबार समेत गर्नु पर्ने मालारानी ४ का वडा अध्यक्ष बिष्णुप्रसाद पोख्रेलले बताउनु भयो । सेबाललाई निरन्तरता दिनको लागी सहकारीले अन्य बैकिकं सेबा सुरु गर्नु पर्ने रेडियो मालारानीका स्टेशन म्यानेजर नबिन के.सीले आग्रह गर्नु भएको थियो ।
जनचेतना सरोकार मञ्चका व्यबसायीक अधिकृत कमल पोख्रेलले सहकारीलाई स्थाईत्व दिनको लागी उक्त सेबा प्रधानमा सहजीकरण गरेको भन्दै उक्त रेमिटबाट कारोबार गर्दा सहकारी सबल हुने तथा बिद्युत महशुल समेत सजिलै तिर्न सकिने बताउनु भयो । कालिका नेरा मा.बिका प्रअ भुबन खनालले बिप्रेषण सेबाले सबैलाई सहज बनाएको भन्दै यसको प्रचारप्रसारमा जोड दिनु पर्ने बताउनु भएको थियो ।



