पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा रचना बाचन तथा खुल्ला कविता प्रतियोगिता सम्पन्न (तस्बिर सहित)

बसन्त श्रेष्ठ
सन्धिखर्क फागुन ८, अर्घाखाँची । ६९ औँ प्रजातन्त्र दिवशको अवसरमा रचना बाचन तथा खुल्ला कविता प्रतियोगिता पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा सम्पन्न भएको छ ।
 प्रजातन्त्र दिवश मुल समारोह समिति अर्घाखाँचीको आयोजना तथा लुम्बिनी वाङ्गमय प्रतिष्ठान र पाणिनि साहित्यिक प्रतिष्ठानको संयोजन र पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो । 
प्रतियोगितमा सीता बञ्जाडे प्रथम, करिना राना द्धितीय, अभिनव चौहान तृतीय र इन्दिरा आचार्य सान्तवना भएका छन । प्रतियोगितामा बिजयीलाई परस्कार वितरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालले साहित्य जीवनको महत्वपूर्ण अंग भएको बताउनुभयो । उहाँले भाषा, कला, साहित्यको संरक्षण र सम्र्बधन गर्दै अगाडी जानुपर्नेमा जोड दिनुभयो । 
बिशिष्ठ अथिति सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले साहित्य क्षेत्रको विकासले नेपाली समाजको विकासमा सघाउ पु¥याउने बताउनु भएको थियो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले साहित्य समाज निर्माणको अपेक्षा राख्ने बिचार अभिव्यक्त गर्ने माध्यम रहेको उल्लेख गर्नुभयो । 
कार्यक्रममा अर्घाखाँची उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष युवराज श्रेष्ठ, स्टेशनरी व्यवसायी समितिका कोषाध्यक्ष लेखनाथ भण्डारी, क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्री लगायतलेको आथित्यता रहेको थियो । कार्यक्रममा साहित्यकारहरु प्रहरी नायव उपरीक्षक नवराज मल्ल, चोपनारायण बञ्जाडे, कमल पोख्रेल, माधवराज चुदाली, हिमबहादुर जिसी लेकाली, रामलाल भुसाल, सुनिता भुसाल, मञ्जु घिमीरे, बसन्त श्रेष्ठ लगायतले रचना बाचन गर्नुभएको थियो । 
कार्यक्रम पाणिनि साहित्यिक प्रतिष्ठानका अध्यक्ष माधवराज चुदालीको अध्यक्षता, जिल्ला समन्व समितिका प्रमु पिताम्बर शर्माको प्रमुख आथित्यता, लुम्बिनी वाङ्गमय प्रतिष्ठानका जिल्ला अध्यक्ष बिष्णु बस्यालको स्वागत र बसन्त श्रेष्ठको सञ्चालन रहेको थियो ।

अन्य समाचारहरु