रुद्रमणी भुसाल
ढिकुरा फागुन ०८,अर्घाखाँची। अर्घाखाँचीको भुमिकास्थानका एक समाजसेविले विद्यालय र मन्दिरका लागि ८ आना जग्गा दान गर्नुभएको छ ।
भुमिकास्थान नगरपालिका वार्ड नंंम्बर–९ ढिकुरा सुवर्णखाल निबासी समाजसेवि गोपाल बहादुर सोमरेले ढिकुराको सुवर्णखालमा रहेको पद्मावति आधारभुत बिद्यालय र मन्दिरको लागि जग्गा अपुग भएकाले उहाँले जग्गा हस्तान्तरण गर्नुभएको हो ।
यसअघि बुवा रबिलाल सोमरेले मन्दिरका लागि जग्गा उपलब्ध गराएकाले अहिले मन्दिर र बिद्यालयका लागि अपुग भएको जग्गा आफुले दान दिएको उहाँको भनाई छ ।
जग्गा उपलब्ध गराएकोमा जग्गा दाता गोपाल सोमरेलाई विद्यालय र मन्दिर व्यवस्थापन समितिले धन्यबाद समेत दिएको छ ।