
सुर्य भुसाल
सन्धिखर्क,अर्घाखाँची(अर्घाखाँची डट्कम) सन्धिखर्क नगरपालिका नगरप्रमुख कमल प्रसाद भुसालले असाय अपाङ्ग पिछडिएका बर्ग एकल महिला दलित हरुका लागि रोजगारि मुलक आयअार्जन र सीप मुलक कार्यक्रम हरु अगाडि बढाउने बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका ले आयोजना गरेको एकल महिला हरुका लागि सीप तथा ब्यबसाहिक बाख्रा पालन तालिमको उदघाटन गर्दै नगरप्रमुख भुसालले तालिम मा सिकेका कुराहरु गाउमा लगेर व्यवहारमा उतारि दक्ष कृर्षक बनेर रोजगारी मुलक ब्यबसाय सन्चालन गर्न आग्रह गर्नु भयो ।

भुसालले हराभरा नगरपालिका बनाउने अभियानमा लाग्न नगरबासिलाई आग्रह गर्नु भयो ।कार्यक्रममा नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिकले सीप मुलक तालिम अहिले को मुख्य अाबश्यता भएको बताउदै कृर्षिको क्रान्ति बिना नगर को अार्थिक उन्नति हुन नसक्ने बताउदै ,उहाले तालिममा सिकेका कुरा व्यवहारमा लागू गरि तथा आयआर्जन व्यवसायिक किसान बन्न आग्रह गर्दै हराभरा नगरपालिका बनाउने महान अभियान मा लाग्न आग्रह गर्नु भयो ।
उहाले एकल महिला हरुको समस्या लाई समधान गर्न नगरपालिका तयार रहेको बताउनु भयो ।कार्यक्रममा नगरपालिका पशु स्वाथ्य शाखा प्रमुख राधा पान्डे महिला बिकास शाखा प्रमुख बेलकुमारि परियार लगाएतले मनत्ब्य राखेका थिए ।



