सागर परियार
अर्घाखाँची १० फागुन २०७५, । अर्घाखाँची त्रैमासिक सूचना प्रकाशन गरी कार्यालयका गतिबिधी वेवसाइट तथा सामाजिक सञ्जालमा अध्याबधिक गर्ने सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुले प्रतिबद्धता जनाएका छन ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना तथा पारष्परिक जवाफदेहिता परियोजना अन्र्तगत एकीकृत ग्रामीण विकास समाज र सुशासन प्रर्बद्धनका लागि जिल्ला स्तरीय नागरिक सञ्जाल अर्घाखाँचीको सहयोग तथा समन्वयमा सन्धिखर्कमा भएको सुशासन प्रर्बद्धनका लागि पारदर्शीता विषयक अन्र्तक्रिया कार्यक्रममा कार्यालय प्रमुख तथा सूचना अधिकारीले ९ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन । ‘हामी भ्रष्टाचार बिरुद्धको शून्य सहनशिलता अभियानमा सहभागि हुँदै ‘म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार हुन दिन्न, सेवाग्राहीलाई सुशासन नियमावली २०६५ बमोजिम शिष्ट, नम्र व्यवहार सहित सेवा प्रदान गर्दछु, लगायत जवाफदेहिता अभिबृद्धिमा केन्द्रित हुने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेले जिल्लामा सूचनाको हक तथा स्वतः प्रकाशन गर्ने सूचनाको सन्दर्भमा भएका प्रयास तथा अवस्था र एकीकृत ग्रामीण विकास समाजका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले जिल्लामा रहेका स्थानीय तहमा सुशासन तथा सूचनाको हकको कार्यान्वयनमा भएका अभ्यासहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
अन्र्तक्रियामा उठेका सवालहरु माथि जवाफ दिदै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सुशासन तथा जवाफदेहिता अभिबृद्धिमा पूर्ण प्रतिबद्ध भएर लाग्न कार्यालय प्रमुख तथा सूचना अधिकारीलाई आग्रह गर्नुभयो । उहाँले सूचनाको हक सम्बन्धी ऐनले तोके भन्दा बढि सूचनाहरु गोप्य राख्नुपर्ने अवस्था नरहेको भन्दै नागरिक मैत्री भएर मुस्कान सहितको सेवा प्रबाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै नागरिक सरोकारवाला भएको भन्दै नागरिकको आवाज बुलन्द गर्न सञ्चार जगत र नागरिक समाज संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष गणेष खनालले सुशासन प्रर्बद्धनको सन्दर्भमा जिल्ला स्थित सरकारी कार्यालयले ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले पनि माग गरेका सूचना सहज रुपमा पाउने स्थिती नहुनु दुखद भएको भन्दै मुलुकको सामाजिक सम्बृद्धिको ढोका पारदर्शीता भएको बताउनुभयो ।
कार्यक्रममा एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीका अध्यक्ष हृदयकुमार भुसालले सहभागीलाई स्वागत गर्दै अन्र्तक्रिया बिषयवस्तुको बारेमा प्रकाश पार्नुभएको थियो । सुशासन प्रर्बद्धनका लागि जिल्ला स्तरीय नागरिक सञ्जाल अर्घाखाँचीका संयोजक फर्सुराम पाण्डे, जिल्लाका सरकारी कार्यालयका कार्यालय प्रमुख तथा सूचना अधिकारी लगायतको उपस्थिती रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षता र संस्थाका बसन्त श्रेष्ठको स्वागत मन्तव्य रहेको थियो ।