बिक्रम पाण्डे समान्ता
फाल्गुन १० ,अर्घाखाँची । नेपाली काङ्ग्रेस सन्धिखर्क नगरपालिका वडा न १२ ले सनपा १२ ठुटीपिपल निवासी बिगत एघार महिना देखि बिरामी भै उपचार गराईरहेका मोहन श्रेष्ठको परीवारलाई आर्थिक सहयोग गरेको छ ।
मोहन एघार महिना पहिला घाँस काट्ने क्रममा बिडुल्नाको बोटबाट लडेका थिए । हिडडुल गर्न समेत नसक्ने अवस्थामा पुगेका मोहन श्रेष्ठको परीवारलाई नेपाली काङ्ग्रेस सन्धिखर्क १२ ले सहयोग गरेको हो ।
आज बिरामी मोहन श्रेष्ठको घर पुगेर नेपाली काङ्ग्रेस नेता डा राम बहादुर बिसी , वडा सभापति लिलाधर बस्याल , तरुण जिल्ला अध्यक्ष नारायण खड्का , पुर्व पार्टी कोसाध्यक्ष हरी बहादुर खड्का , क्षेत्रीय प्रतिनिधि नारायण पौडेल , वडा सदस्य बाबुराम बस्याल लगायतको टोलीले बिरामीको अवस्थाका बारेमा जानकारी लिए ।
सोही अवसरमा नेपाली काङ्ग्रेस वडा कार्यसमितिले परीवारलाई नगद ५००० पाच हजार रुपैया हस्तान्तरण गर्यो । आर्थिक रकम मोहन श्रेष्ठकि भाउजू बसन्ता श्रेष्ठलाई हस्तान्तरण गरीएको हो । आर्थिक रकम हस्तान्तरण गर्दै नेता बिसीले दुखी , असहाय एवं बिरामीलाई गरीने कुनै पनि किसिमको सहयोगले मानिसलाई धर्म प्राप्त हुने भन्दै नेपाली काङ्ग्रेस सनपा १२ ले गरेको कार्य प्रती धन्यवाद दिए । उनले बिरामी मोहनको कुनै पनि किसिमको सहयोगलागि आफू सधै तयार रहेको समेत बताए ।
पार्टीले सहयोग गरेको भन्दै बिरामी मोहनकी भाउजू बसन्ता श्रेष्ठले धन्यवाद दिइन् । ११ महिना देखि ओछ्यान मै रहेका मोहन हिडडुल गर्न समेत सक्दैनन् । परीवारका कान्छो छोरा समेत रहेका उनको कम्मर देखि तलको भागले काम गर्दैन । स्पाईनल कर्ड ईन्जुरीको कारण उनी यसरी थला परेका हुन् । पटक पटक उपचार गराउदा पनि निको हुन सकेको छैन ।
उनको कम्मर देखि तलको भागमा ठुला ठुला घाउ समेत बनेका छन् । घरमा बिरामी मोहन ओछ्यानमा छटपटाईरहेका बेला गत फाल्गुन ६ गते उनका पिता ७८ वर्सिय जिबलाल श्रेष्ठको निधन भयो । परीवारमा यतिबेला शोकाकुल छाएको छ । बिरामी मोहन श्रेष्ठले आफ्नै बुवाको काजकिरिया गर्न समेत सकिरहेका छैनन् । यो खबर पत्रकार बिक्रम पाण्डेले लेखेका छन् ।