अर्घाको बाझाखर्कमा नयाँ शक्ति पार्टीद्धारा शोक सभा सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
बाझाखर्क  फागुन १० अर्घाखाँची – नयाँ शक्ति पार्टी नेपालका नेता राजु नेपालीका बुवाको निधन भएकोमा पार्टीले श्रद्धान्जली सभा सम्पन्न गरेको छ ।
 परिवर्तनको दिशामा उत्साह र प्रेरणा दिने आचार्यको निधनले आफुहरुलाई स्तब्ध बनाएको नयाँ शक्तिका केन्द्रिय संरक्षक समिति सदस्य बिष्णुहरि शर्माले बताउनु भयो ।
आचार्य निवास अर्घा बाझाखर्कमा बिहिबार आयोजना गरिएको श्रद्धान्जली सभामा नेता शर्माले नयाँ शक्ति पार्टी नेपालको स्थापनामा आचार्यको उत्कृष्ठ भुमिकाको प्रशंसा गर्नुभएको हो । 
नयाँ शक्ति पार्टि नेपालका केन्द्रीय सदस्य छन्द पन्थिको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला संयोजक गोकर्ण थापा, टोप बहादुर बलाल,पुस्करनाथ आचार्य लगायतका नेताहरुले शोक मनतब्य राख्नु भएको थियो । सोही कार्यक्रममा पार्टी केन्द्रले पठाएको श्रद्धाञ्जली फोटा सोत प्रदान गरीएको थियो ।
 
 

अन्य समाचारहरु