श्याम घिमिरे
फागुन ११ अर्घाखाँची – अर्घाखाँचीको सदसमुकाम सन्धिखर्कमा रहेको पाणिनी बहुमुखी क्याम्पसमा पुर्बबिद्यार्थीहरुको भेला सुक्रबार सम्पन्न भएको छ ।
भेलाले रामबहादुर चौहानको अध्यक्षतामा ११ सदस्यीय पूर्ब बिद्यार्थी समाज गठन भएको छ । जसको उपाध्यक्ष शेषकान्त घिमिरे , सचिब शिब बेल्बासे ,सहसचिबमा कृष्ण खनाल र कोषाध्यक्षमा मिना पन्थीलाई चयन गरेको छ । यस्तै भेलाले प्रेमनारायण गैरे संयोजक रहेको तीन सदस्यीय सल्हाकार समितीको समेत गठन गरेको छ
क्यापसको शैक्षिक गुणस्तर कायम गर्नको लागी समाजको गठन गरेको नबनिबार्चित अध्यक्ष रामबहादुर चौहानले बताउनु भयो । समाजले यही फाल्गुन १७ गते माबि र क्याम्पस स्तरीय बक्तृत्वकला प्रतियोगीता सञ्चालन गर्ने भएको समाजले जनाएको छ ।