भूमिकास्थान नगरपालिकामा मसाल निकट महिला संघ भूमिकास्थानको नगर सम्मेलन धारापानीको मैनडांडामा सम्म्पन्न

(२०७५ फाल्गुन ११, शनिवार)

गोपाल प्रसाद भट्टराई अर्घाखाँचीडट्कम संवाददाता 
नुवाकोट फागुन–१३,अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा नेकपा मसाल निकट अखिल नेपाल महिला संघ भूमिकास्थानको नगर सम्मेलन सम्म्पन्न भएको छ । अखिल नेपाल महिला संघ भुमिकास्थान नगरको अध्यक्षमा सावित्रा दमासे निर्वाचित हुनुभएको छ ।
भुमिकास्थान–४,धारापानीको मैनडांडामा सम्पन्न प्रथम भेलाले अध्यक्ष दमासेको नेतृत्वमा १३ सदस्यिय नगर समितिको निर्विरोध गठन गरेको हो ।नवगठित नगर समितिको उपाध्यक्षमा कमला खत्री,सचिव लक्ष्मी वि.क.,सह–सचिव रमा आचार्य र कोषाध्यक्षमा आरता वेल्वासे चयन हुनुभएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै संघकी केन्द्रिय उपाध्यक्ष सकुन्तला रानाले समाजमा अझैपनि पुरातनवादी सोंच हावी भएका कारण महिला हिंसाका घटना नरोकिएको दाबी गर्नुभएको छ ।“बैज्ञानिक शिक्षाको अभाव र नागरिक सचेतनाको कमी हुंदा पुरातनवादी सोंच हट्न सकेको छैन”उपाध्यक्ष रानाले भन्नुभयो,“नेपाली समाजमा अझैपनि महिलालाई हेर्ने दृष्ट्रीकोण फरक रहेको छ ।”उहांले अगाडि थप्नुभयो,“यस्तो नकरात्मक सोंचलाई सबै मिलेर हटाउन जरुरी छ ।” 
कमला खत्रीको अध्यक्षता,उमा मरासिनीको स्वागत मन्तव्य र लक्ष्मी वि.क.को सन्चालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापा,जिल्ला सचिव बाबुराम पन्थी सुनार अनेम संघ जिल्ला अध्यक्ष कल्पना पोख्रेल,जनप्रतिनिधि भोजराज खनाल लगायतले मन्तव्य राख्दै मुलुकमा अपराध गर्नेहरुलाई राज्यबाटै संरक्षण हुंदै आएको आरोप लगाउंदै समाजिक बिकृतिका बिरुद्ध सबै एक जुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

अन्य समाचारहरु