अर्घाखाँचीदेखि भारतको लुधियानाको लागी सिधा बस सेबा सञ्चालन हुने

नबिन के.सी
सन्धिखर्क, अर्घाखाँची ।  अर्घाखाँचीको सन्धिखर्क देखी भारतको लुधियानाको लागी सिधा बस सेबा सञ्चालन हुने भएको छ । 
सुपादेउराली टुर एण्ड ट्राभलसले सञ्चालन गरेको एसी बस
बिगत लामो समय देखी सुपादेउराली टुर एण्ड ट्राभलसले भारतका बिभिन्न क्षेत्रमा सेबा दिईरहेको ट्राभलसले सोमबार देखी सन्धिखर्क देखी लुधियाना बस सञ्चालन गर्ने ट्राभलसका नेपाल प्रमुख तुल्सी पौडेलले बताए । ‘ हामिले सोमबार देखी सन्धिखर्क भारतको लुधियानाका लागी बस सेबा सुरु गर्न थालेका छौ । अर्घाखाँची बासीहरुलाई यात्र गर्न सहज हुने बिश्वास लिएका छौ । ’ 
उक्त समितीले बुटवल ,दाङ्ग ,नेपालगंज लगाएतका स्थानबाट पश्मि नेपाल बस व्यबसायी समितीको सहकार्यमा एसी र ननएसी नेपालीबसहरु सञ्चालन गर्दे आईरहेको छ । लामो समय सगरमाथा टुर एण्ड ट्राभलसमा काम गरेको ओमप्रकाश पछिल्लो समय सुपादेउरालीमा जोडिएका छन । यस संगै पञ्चाब क्षेत्रमा सञ्जालन हुने गाडि थप गरिएको प्रकाशले भने ‘अब हामिले अर्घाखाँचि संगै अन्य जिल्लाबाट पञ्जाबका लागी बस सञ्चालन गर्ने छौ । ’ 
सन्धिखर्कबाट पञ्जाबको लागी गाडिहरु छुटे पछि जिल्लाबाट उक्त क्षेत्रमा रोजगारी गर्न जानेहरुलाई दिल्ली पुगेर गाडि बदल्न पर्ने समस्या समाधान हुने छ । भने पञ्चाबबाट समानहरु लिएर अर्घाखाँची आउने यात्रुहरुलाई पनि सहज हुने छ ।

अन्य समाचारहरु