शितगंगाको निरीक्षण, अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता
सातमारा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं ८ सातमारा स्थित अस्थायी प्रहरी चौकी सातमारामा निरीक्षण, अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
निरीक्षण, अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम लाल लामिछाने र प्रहरी नायव उपरीक्षक नवराज मल्ल लगायतको उपस्थित रहेको थियो ।
साथै अन्तरक्रिया कार्यक्रममा नदी जन्य तथा वनपैदावार जन्य प्राकृतिक श्रोतहरुको दहन/ अवैध उत्खनन निकाशी नियन्त्रण तथा शान्ति सुरक्षा समुदाय- प्रहरी साझेदारी , महिला हिंसा, लागु औषध दुर्व्यसनी सम्बन्धमा जानकारी गराइएको थियो ।
कार्यक्रममा स्थानीय निर्वाचित जनप्रतिनिधिहरू, उद्यमी व्यवसायी, नागरिक समाज लगायत सर्वसाधारण नागरिकहरूको उपस्थिती रहेको थियो ।  

अन्य समाचारहरु