सन्धिखर्कको पाणिनी चोकमा मृत अवस्थामा शिशु फेला

(प्रकासित मिती: २०७५ फाल्गुन १२, आइतवार)

Photo8
सन्धिखर्कको पाणिनी चोक
प्रेम खड्का 
सातमारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको पाणिनी चोक गुन्टेखोलामा एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।
अन्दाजी ५/६  महिनाको नवजात शिशु पाणिनी चोकको ईसारा टोलको नालीमा मृत अवस्थामा फेला परेको हो । 
स्थानिय केटाकेटीले आइतबार साँझ करिब ६:३० बजे खेल्ने क्रममा शिशुलाई नालीमा देखेका थिए । 
प्रहरीले शव परीक्षणका लागि अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्कमा पठाइएको छ। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले  बताएको छ ।  

अन्य समाचारहरु