
बसन्त आचार्य
जिल्लाको पर्यटन विकासमा टेवा पुर्याउने उदेश्यले निर्माण गरिएको आधुनिक बंगैचामा पर्यटकिय आवगमनलाई बढवा दिन सम्पर्क समितिले नेपाली ५० हजार रुपैंयाको लगानीमा तयार पारिएका ४ थान फलामे बेन्च आज एक कार्यक्रमको बिच नगर प्रमुख कमल प्रसाद भुसाललाई हस्तान्तरण गरिएको हो ।
सन्धिखर्क स्थित विभिन्न सरोकारवाला व्यक्तित्व र संचारकर्मीको उल्लेख्य सहभागितामा समितिका निवर्तमान सचिव राम प्रसाद गैरेले नगर प्रमुख भुसाललाई हस्तान्तरण गरेको नगरपालिका स्रोतले जनाएको छ । शान्तिबंगैचामा राखिने बेन्चलाई ग्रहण गर्दै सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसालले रोजगारीको शिलशिलामा विदेशमा बस्ने अर्घाखाँची बासिहरुले जिल्लाको विकासमा पुराएको योगदानको प्रशंसा गरेका थिए ।
समय समयमा जिल्लाका बिभिन्न बिरामी ब्यक्तिहरुलाई आर्थिक सहयोग,बिपतको बेलामा आर्थिक सहयोग गरेको मैलै समाचार सुन्ने गरेको छु ,पर्यटन विकासमा समेत सहयोग गर्न थालेको जिल्लाको समग्र विकासमा विदेशिएका अर्घाखाँचीवासीले महत्वपूर्ण योगदान पुराउदै आउनुभएको छ । उहांले अगाडि थप्नुभयो,आगामी दिनमा पनि जिल्लाको समृद्धिमा उहांहरुको योगदान रहिरहने छ ।
कृषि र पर्यटनको व्याबसायिक विकासबाटै समृद्ध नगर बनाउने सन्धिखर्कको योजना अनुसार आधुनिक बन्दै गएको सुन्दर शान्ति बंगैचामा अर्घाखाँची युएइ सम्पर्क समितिले बेन्च हस्तान्तरण गरेकोमा खुसी लागेको नगर प्रमुख भुसालले बताएका छन ।



