सन्धिखर्कमा एकल महिलाहरुका लागि सीप तथा व्यावसायिक बाख्रा पालन तालिम समापन

सुर्य भुसाल 
सन्धिखर्क । सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले असाय अपाङ्ग पिछडिएको बर्ग  एकल महिला दलित हरुका लागि रोजगारी मुलक आय आर्जन र सीप मुलक कार्यक्रम हरु अगाडि बढाउने बताउनु भएको छ ।  
सन्धिखर्क नगरपालिकाले आयोजना गरेको एकल महिलाहरुका लागि  सीप तथा ब्यबसाहिक बाख्रा पालन तालिमको समापन समारोह लाई सम्बोधन  गर्दै नगरप्रमुख भुसालले तालिम मा सिकेका कुराहरु गाउमा लगेर ब्याभारमा उतारि दक्ष कृर्षक बनेर रोजगारी मुलक ब्यबसाय सन्चालन गर्न अाग्रह गर्नु भयो ।
भुसालले हराभरा नगरपालिका बनाउने अभियानमा लाग्न नगरबासिलाई अाग्रह गर्नु भयो ।कार्यक्रममा नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिकले सीप मुलक तालिम अहिले को मुख्य अाबश्यता भएको बताउदै कृर्षिको क्रान्ति बिना नगर को अार्थिक उन्नति हुन नसक्ने बताउनु भयो ।उहाले तालिममा सिकेका कुरा ब्याभारमा लागू गरि अायअार्जन तथा ब्यबसायिक किसान बन्न अाग्रह गर्दै हराभरा नगरपालिका बनाउने माहान अभियान मा लाग्न अाग्रह गर्नु भयो ।
उहाले एकल महिला हरुको समस्या लाई समधान गर्न नगरपालिका तयार रहेको बताउनु भयो । कार्यक्रममा  नगरपालिका का प्रमुख प्रसासकिय अधिकृत निरज पौडेल नगरपालिका पशु स्वाथ्य  शाखा प्रमुख राधा पान्डे महिला बिकास शाखा प्रमुख बेलकुमारि परियार लगाएतले मनतब्य राखेका थिए ।कार्यक्रम पुस्पा भुसालको सन्चालन मा सम्पन्न भएको हो ।

अन्य समाचारहरु