प्रेम खड्का
बलेवाङ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपलिका वार्ड न ५ वाङलाको बलेवाङमा कल्याणी सेवा संस्थाले आईताबार एक कार्यक्रमका बिच बादी समुदायका परिवारहरुलाई कपडा बितरण गरेको छ ।
खोलाको छेउँमा बालुवा चाल्दै गरेका २० जना बादी समुदायका ब्यक्ती हरुलाई कपडा बितरण गरीएको संस्थाकी सहसचिब कमला खनाल भण्डारीले जानकारी दिनु भयो ।
कार्यक्रममा संस्थाकी सहसचिब कमला खनाल भण्डारी , कोषाध्यक्ष रुकमणि पराजुलि सदस्य कुसुम अधिकारि,पबित्रा सापकोटा सरिता पुरी ,बिजुला रायमाझि लगायतको उपस्थीती रहेको थियो । संस्थाले पछीललो समय जिल्लामा बिभिन्न क्षेत्रमा रही सामाजीक गतिबिधि र स्वास्थ्य उपचारमा समेत सहयोग गर्दे आईरहेको छ ।