हरि कुवर
खिदिम अर्घाखाँची १२ फागुन । अर्घाखाँची जिल्लाको पाणिनी -३ खिदिममा छोराहरु नभएपछि पाँच जना छोरीहरुले आमाको वार्षिक सम्पन्न गरेका छ्न।
छोराहरूले नै पितृकार्य गर्न चाहिन्छ्न भन्ने पितृसत्तात्मक सोच लाई चुनौती दिदै छोरीहरु ले वार्षिक गरेका हुन् । खिदिम स्थित आमा उमाकान्ता ज्ञवाली को गत माघ महिना मा निधन भयपछी गत बर्ष ५ छोरीहरु ले नै सामुहिक काजकिरिया सम्पन्न गरेका कान्छी छोरी शान्ता अर्यालले बताइन ।
आफ्नो आमा को छोराहरु नभएको भय पनि छोरा को कमि कुनै दिन महसुस गर्न नपरेको आमा को साथ मा बस्दै आइरहेकि जेठि छोरी गोमादेवी अधिकारी ले आमालाई सम्झाउदै भनिन् ” हामी पनि छोरा सहरर हौ तपाई हाम्रो आमा हो आमा संसारमा खोजेर कतै मिल्दैन्न । ” आफू घर देखि टाढा भएको भय पनि नियमिय आमा को सम्पर्क मा रहने गरेको चन्दृका भट्टराई बताउछिन् ।
रिमाकला गौतमले हरेक दिनको आफ्नो छाक मा आमा को समझना रहेको बताउदै साइलि छोरी खिमाकला गौतम लाई माइती नजिक विवाह गरिदिएको बताउछिन् । सानै उमेर मा बुवा हराउनु भयको र आमाबाट स्यहार सुसार सहित घर को जिम्मेवारी आफुहरु ले बहन गर्दै आमा को हरेक सुख दुख मा आफुहरु साथी र सहयोगि बन्दै गयको बिगत सुनाउदै निजामती सेवामा कर्यरत कान्छी छोरि शान्ता अर्याल ले ६ महिना देखि बिरामी आमा लाई काठमाडौं लगेर औषधी गराउदागराउदै आमा को निधन भएपछी विधिबत रुपमा आफुहरु ले पशुपति मा काजकिरिया गरेको बताइन। मनिष अधिकारीले जानकारी गराएका छन ।