श्याम घिमिरे
फागुन १३ अर्घाखाँची – नेपाली काँग्रेस सन्धिखर्क नगरपालीका वडानम्बर ३ को वार्ड कार्य समितिको बैठक सम्पन्न भएको छ ।
नेपाल तरुण दलका नगर अध्यक्ष जमसेर मियाँको प्रमुख आतिथ्यता रहेको बैठक, वडा सभापति भेष बहादुर सौमेको अध्यक्षता कोषाध्यक्ष क्यामदिन मियाँको स्वागत मनतब्य र सचिब हरी बहादुर खड्काको सन्चालनमा सम्पन्न भएको हो ।
बैठकमा नगर कार्यपालीका सदस्यहरु सृजना बिक,जुठे मियाँ,नमी कुमारी खड्का,सुर्य भुसाल धनबहादुर गिरी लगायतको उपस्थीति रहेको थियो ।
बैठकले नेपाली काँग्रेस वडा कार्य समितिको उपसभापतिमा गफार मियाँ र सदस्यमा बिष्णु कुमारी गौतम र कमला राना भाटलाई मनोनयन गरेको छ । बैठकलाई सम्बोधन गर्दे तरुण नेता मियाँले केपी ओली सरकारको दुईतिहाईको दम्भले देश अँध्यारो दिशा तर्फ उन्मुख भएको भन्दै नेपाली काँग्रेसले देश र जनताको पक्षमा कामगर्नुपर्ने कुरामा जोड दिनु भएको हो ।