भुमिकास्थानका ३ , शितगंगा नगरपालिकाको १ गरि चार वटा महिला सहकारीद्वारा रेमिट्यान्सको कारोवार गर्न सुरु

प्रेमनारायण आचार्य
भुमिकास्थान, अर्घाखाँची १२ फागुन । अर्घाखाँचीका ग्रामीण क्षेत्रमा रहेका चार वटा महिला  सहकारीले विप्रेषण सेवा सुरु गरेपछि स्थानीयहरु लाभान्वीत भएका छन । 
गाँउकै महिला सहकारीले विदेशबाट पठाएको पैसो दिन थालेपछि स्थानीयहरु हजारौ खर्च गरेर सदरमुकाम आउनु पर्ने बाध्यताबाट छुटकरा पाएका छन । गाँउकै सहकारीले विदेशबाट आफन्तले पठाएको पैसो दिन थालेपछि उनीहरु हर्षित भएका हुन । 
भुमिकास्थान नगरपालिकाका ३ , शितगंगा नगरपालिकाको १ गरि चार वटा महिला सहकारीले रेमिट्यान्सको कारोवार गर्न सुरु गरेका हुन । 
जनचेतना सरोकार मञ्च र अक्सफार्मको  सहयोगमा प्रभु रेमिट मार्फत भुमिकास्थान नगरपालिका वाड नम्वर १ मा रहेको  जनचेतना महिला कृषि सहकारी सस्था, वाड नम्वर ४ धारापानीको शसक्तिकरण महिला कृषि सहकारी सस्था र ९ मा रहेको  गंगा जमुना  महिला विकास कृषि  सहकारीले झडै एक बर्ष देखि रेमिटेयान्सको सेवा दिदै आएका थिए । 
यसै महिना देखि शितगंगा नगरपालिका वाड नम्वर ५ मा रहेको सरोकार सामाजिक उद्यमी महिला सहकारीले पनि विप्रेषण सेवा सुरु गरेका छन । 
शितगंगा नगरपालिका वडा नं ५ जुकेनामा रहेको सरोकार सामाजिक उद्यमी महिला सहकारीले यसै महिना देखि रेमिटान्स सेवा सुचारु गरेको छ । प्रदेस सांसद रामजी प्रसाद घिमिरेले सेवाको उद्धाटन गर्नु भएको हो । आफन्तले भारत तथा अन्य देशहरुबाट पठाएको पैसा प्राप्त गर्न सन्धिखर्क, तथा ठाडा जानु पर्ने बाध्यताबाट जुकेनाका स्थानीयहरुले  छुटकरा पाएका छन । 
श्रीमान, वुवा तथा आफन्तहरुले भारत तथा अन्य देशहरुबाट पठाएको पैसा लिन हजारौ खर्च गरेर सदरमुकाम सन्धिखर्क धाउन नपरेपछि भुमिकास्थान नगरपालिका र शितगंगा नगरपालिकाका स्थानीयहरु खुसी भएका छन । 
पहिले पहिले आफन्तले पैसो पठाएको खबर गरेपछि विहानै झिसमिसेमा उठेर गाडी चढेर सदरमुकाम जानु पथ्र्यो तर अहिले आफ्नै गाँउको सहकारीले पैसा दिन थालेपछि आफुहरुलाइ सारै सजिलो भएको भुमिकास्थान नगरपालिका वाड नम्वर ४ साना औवलकी जुना सुनारले बताइन । एकपटक पैसा लिन जादा गाडी भाडा, खाना खर्च गर्दा १२, १५ सय र दर्जनौ घण्टा समयपनि खर्च हुन्थ्यो अहिले महिला सहकारीबाटै रकम पाएको उनको भनाइ छ । 
महिला सहकारीले विदेसबाट पठाएको पैसा मात्र हैन, विद्युतको महसुल तिर्ने, मोवाइल रिचार्ज गर्ने, डिसहोर्मको रिचार्ज गर्ने जस्ता सेवा दिइरहेका छन । 
आयआर्जन तथा अन्य क्षेत्रमा काम गरिरहेको जनचेतना सरोकार मञ्चले अक्सफार्म नेपालको सहयोगमा आफैले उत्पादन गरेका महिला सहकारीबाटै भारत तथा अन्य देसबाट पठाएको पैसो पाउने व्यबस्था मिलाएको जनचेतना सरोकार मञ्चका ब्यबस्थापक युवराज ज्ञवालीले बताए । 
अर्घाखाँचीबाट मात्रै ५० हजारको हाराहारीमा युवाहरु वैदेसिक रोजगारीमा छन । वैदेसिक रोजगारीमा गएका युवा तथा भारतमा काम गरेर कमाएको पैसोले स्थानीय स्तरमै स्वरोजगार बनाउन सहकारीबाट रेमिटान्स प्राप्त गर्ने ब्यबस्था मिलाइएको हो ।  भारतमा गएका युवाहरुको निशुल्क विमाको कार्यक्रम पनि सञ्चालन गर्न नगरपालिका र गाँउपालिका संग सहकार्य भैरहेको जनचेतना सरोकार मञ्चका कार्यक्रम अधिकृत कमल पोख्रेलको भनाइ छ ।  
वैदेसिक रोजगारीमा युवाहरु वाहिर जाने मध्ये अर्घाखाँची जिल्ला पनि अग्रपंतmीमा रहेको छ । जिल्लाकै सबै भन्दा बढि वैदेसिक रोजगारीमा रहेका धारापानी ढाकाबांग, ढिकुरा, जुकेना र खनका स्थानीयहरुले विदेसबाट पठाएको पैसा मात्र हैन । सहकारीबाट विद्युतको महसुल तिर्ने, मोवाइल रिचार्ज गर्ने, डिसहोर्मको रिचार्ज गर्ने जस्ता सेवा लिइरहेका छन । 

अन्य समाचारहरु