सुर्य भुसाल
सन्धिखर्क । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले प्रतक्षय आयआर्जन गर्ने खालका रोजगारि मुलक र सीप मुलक कार्यक्रमहरु अगाडि बढाउने र दूध दहि ध्युमा आत्म निर्भर नगरपालिका बनाउने बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका पशु स्वास्थ शाखाले आयोजनामा गरेको ३ दिने ब्यबसाहिक गाई भैंसी पालन सम्बन्धित तालिमको उदघाटन गर्दै नगरप्रमुख भुसालले सीप तथा ब्यबसाहिक गाई भैंसी पालन तालिम मा सिकेका कुराहरु गाउमा लगेर ब्याभारमा उतारि दक्ष कृर्षक बनेर रोजगारी मुलक ब्यबसाय सन्चालन गर्न अाग्रह गर्नु भयो ।भुसालले हराभरा नगरपालिका बनाउने अभियानमा लाग्न नगरबासिलाई अाग्रह गर्नु भयो ।
कार्यक्रममा नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिकले सीप मुलक तालिम अहिले को मुख्य अाबश्यता भएको बताउदै कृर्षिको क्रान्ति बिना नगर को अार्थिक उन्नति हुन नसक्ने बताउनु भयो ।उहाले तालिममा सिकेका कुरा ब्याभारमा लागू गरि अायअार्जन तथा ब्यबसायिक किसान बन्न अाग्रह गर्दै हराभरा नगरपालिका बनाउने माहान अभियान मा लाग्न अाग्रह गर्नु भयो । बिकले ब्यबसाहिक किषान हरुको समस्या लाई समधान गर्न नगरपालिका तयार रहेको बताउनु भयो ।
कार्यक्रममा नगरपालिका का प्रमुख प्रसासकिय अधिकृत निरज पौडेल नगरपालिका पशु स्वाथ्य शाखा प्रमुख राधा पान्डे लगाएतले मनतब्य राखेका थिए तालिममा गाई भैंसी पालक अगुवा किसान हरुको सहभागी ता रहेको छ ।