अर्घाखाँचीकी शारदा मरासिनी सरुको लय शब्दमा जता पनि ठिक पार्छौ बजारमा
फाल्गुन १६ गते, २०७५ मा प्रकाशित
प्रेमनारायण आचार्य
सन्धिखर्क १६ फागुन । केहि समय अघि एपिक नेपालको म्युजिक अवार्ड पाउन सफल गितकार शारदा मरासिनी सरुको लय शब्दमा उत्कृष्ट रोईला गित जता पनि ठिक पार्छौ बजारमा आएको छ ।
सप्तक डिजीटल प्रालीले बजारमा लिएर आएको गितमा चर्चित गायक सुमन परियार र सपना विश्वकर्माको स्वर रहेको छ । गितमा अहिलेको मायां जता पनि ठिक पार्ने खालको र विश्वास गर्न कठिन भएको भाव व्यक्त गरिएको छ ।
गित सगै गितको भिडीयो पनि उत्कृष्ट बनेको छ । गितलाई निर्देशक मदन खडकाले निर्देशन गरेका छन । गितको भिडीयोमा मदन खडका , सुनिता विश्वकर्मा,रन्जना सुनारको अभिनय एवम नृत्य देख्न सकिन्छ ।
गितको पक्ष राम्रो बनाउने कोसिस गरिएको र गितले सफलता पाउनेमा सोहि गितको गितकार एवम संगितकार सरु आशाबादी रहेकी छन । अर्घाखाँचीको भुमिकास्थान ढाकाबांगमा जन्मिएकी सरु गित संगितमा आफ्नो छुट्टै पचिान बनाउन सफल भएकी छिन ।