अर्घाखाँचीडट्कम संवाददाता
डिभर्ना ठुटेपिपल, अर्घाखाँची । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका १२ डिभर्ना ठुटेपिपल निवासी बिगत दस महिना देखि ईस्पाईनल कर्ड ईन्जुरीका कारण ओछ्यान मै थला ४१ वर्सीय मोहन प्रसाद श्रेष्ठको उपचारको निम्ति संकलन भएको नगद रु ४८,६०६ रुपैयाँ र ट्रीटमेन्ट मेट्रीयल्स मोहनको घरमा पुगी हस्तान्तरण गरिएको छ । नगद र सामाग्री मोहनकी भाउजू बसन्ता श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । पत्रकारद्वय वसन्त श्रेष्ठ बिक्रम र पाण्डे तथा सामाजिक ब्याक्तित्व महेन्द्र श्रेष्ठको सामुहिक प्रयासबाट संकलन गरिएको रकम हस्तान्तरण गरीएको हो ।

नगद रुपैयाँ नारायण भुसाल हललाइन हाल अमेरिकाबाट रु ५,०९७ ,श्रीमान श्रेष्ठ छत्रदेब गाउँपालिका ५ शिरथुम हाल हाल भारती सेनाबाट रु १२,००० , भरत टन्डन रेसुङा नगरपालिका वडा न १२ बसारी निवासी हाल मलेसियाबाट रु १०,००९ , ठाकुर प्रसाद श्रेष्ठ सन्धिखर्क नगरपालिका वडा न १२ हाल मलेसियाबाट रु ३,००० , बिष्णु श्रेष्ठ सन्धिखर्क नगरपालिका वडा न १२ हाल साउदीबाट नगद रु १, २००, मोतिकुमार श्रेष्ठ सन्धिखर्क नगरपालिका वडा न १२ हाल साउदीबाट रु ५,१०० , हुम प्रसाद श्रेष्ठ सन्धिखर्क नगरपालिका वडा न २ हाल भारतबाट २,१०० र नारायण प्रसाद श्रेष्ठ सनपा १२ बाट नगद रु १०,१०० रुपैया संकलन गरि ४८,६०६ रुपैया हस्तान्तरण गरिएको हो ।
दस महिना पहिला घाँस काट्ने क्रममा बिडुल्नाको बोटबाट लडेर उनी यसरी थला परेका हुन् । हिडडुल गर्न समेत नसक्ने अवस्थामा पुगेका मोहन श्रेष्ठ परीवारका माईलो छोरा समेत हुन् । उनको कम्मर देखि तलको भागले काम गर्दैन । स्पाईनल कर्ड ईन्जुरीको कारण उनी यसरी थला परेका हुन् । पटक पटक उपचार गराउदा पनि निको हुन सकेको छैन । उनको कम्मर देखि तलको भागमा ठुला ठुला घाउ समेत बनेका छन् ।
उनलाई आफ्नो मात्र पिडा छैन मोहन ओछ्यानमा छटपटाईरहेका बेला गत फाल्गुन ६ गते उनका बुबा ७८ बर्षीय जिबलाल श्रेष्ठको निधन भयो । परीवारमा पिडामा फेरी अर्को पिडा थपिएको छ । परिवार यतिबेला शोकमा छ । उनका हात खुट्टा नचल्ने हुनाले उनले आफ्नै बुवाको काजकिरिया गर्न समेत सकिरहेका छैनन् ।
मोहन भन्छन, न साथमा पैसा छ, न मर्न सके न बाच्न नै ! छोरो हुनुको कर्तव्य निभाउन सकिएन बुवा मलाई माफ गर्नुहोला । आँखा भरी आँसु लिएर उनले भने ,” भगवानले मलाइ के को सजाय दिएको छ ? पिडित मोहनको उपचारको निम्ति सहयोग अभियान यतिबेला जिल्लामा चलिरहेका छन् ।