सन्धिखर्क वार्ड नम्बर २ द्दारा बिद्यालय स्तरिय खेलकुद प्रतियोगिताको आयोजना (तस्बिर सहित)

सुर्य भुसाल 
सन्धिखर्क । सन्धिखर्क नगरपालिका वार्ड नं.२ को आयोजनामा सदरमुकाम सन्धिखर्कमा अन्तर मा.बि.भलिबल प्रतियोगिता सुरु भएको छ । कार्यक्रममा मन्तब्य राख्ने बक्ताहरुले खेलकुदको महत्व माथी प्रकाश पारेका थिए ।
खेलकुदको बिकासको निम्ति राज्यले बिशेष योजना ल्याउनुपर्ने भन्दै उनीहरूले राष्ट्रिय गौरबको माध्यम खेलकुद भएको बताए । कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले नगरको चौतर्फि बिकासमा खेलकुदको निक्कै ठूलो महत्व भएको बताउनु भयो । उहाँले योग्य र सक्षम खेलाडी तयारी राष्ट्रको ईज्जत् र प्रतिष्ठा राख्नुपर्नेमा जोड दिनुभयो ।
सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बि.क.किशोर ले सक्षम र प्रतिभासाली खेलाडी निर्माणमा जोड दिनुभयो । उहाँले समय समयमा आयोजना हुनेखेलकुद प्रतियोगिता प्रतिभा पहिचानको निम्ति महत्त्वपूर्ण हुने बताउनुभयो । खेलकुदको बिकासको निम्ति नगरपालिकाले कुनै कसर बाँकी नराख्ने भन्दै उपमेयर बि.क.ले खेलाडीको चौतर्फि बिकासको निम्ति हरेक किसिमको सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।
सन्धिखर्क नगरपालिकाका वार्ड नं. २ का अध्यक्ष मोतीजङ्ग रायमाझीको अध्यक्षता र वार्ड नं.२ का सचिव बिष्णु आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा प्रहरी नायब उपरीक्षक नबराज मल्ल ,शिक्षाबिकास समन्वय ईकाईका प्रमुख मनिराम पराजुली ,महिला नेतृ शुष्मा श्रेष्ठ ,पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल लगायतका बक्ताहरुले मन्तव्य राख्दै खेलकुदको बिकासमा सबैपक्षको ध्यानाकर्षण गराए । 
प्रतियोगितामा १० बिद्यालयको सहभागीता रहेको थियो ।

अन्य समाचारहरु