हरी कुवर
काठमाडौं । बिवेक बचाउ अभियान मालारानी ३ को सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
बिबेक बचाउ अभियानबाट संकलन भएको रकम रु १ लाख ७७ हजार ४ सय ५ बिबेक अर्यालका बाबु बाबुराम अर्याललाई हस्तान्तरण गरिएको हो ।
उठेको रकम विवरण यस्स्तो छ:-
अभियान्ता हरु
१. शोभाखर खनाल मालारानी गाउँ पालीका ३ खनार
२.लिलामणी पोखरेल मालारानी गाउँ पालीका ३ पनाल्ये
३ कृष्ण सुनार धुर्कोट गाउँ पालीका १ नयाँगाउ
४ तिलक खनाल मालारानी गाउँ पालीका ३ साबडाँडा
५.सागर के सी मालारानी गाउँ पालीका ३ खनार
६.छबिलाल खनाल मालारानी गाउँ पालीका ३ साबडाँडा
७.दिपक खनाल मालारानी गाउँ पालीका ३ खनदह
८. हरी थापा धुर्कोट गाउँ पालीका २ पिपलधारा
९.गंगा खनाल मालारानी गाउँ पालीका ३ खनदह
मालारानीको वडा नम्बर ३ साविक खनदह ७, सावडाँडा निवासी बाबुराम अर्यालका ४ वर्षीय छोरा विवेक अर्याल ‘प्रिन्स’ गत ३ वर्षदेखि लिम्फान्जियोमा नामक घातक रोगबाट ग्रसित छन्। उनको उपचारका लागि भारतको अपोलो लगायत विभिन्न अस्पतालहरूमा उपचार गर्दा हालसम्म झण्डै ५० लाख खर्च भइसकेको तर अझैपनि बिरामी निको नभएका कारण नेपाल ल्याइएको घरपरिवारले जनाएको छ।
पारिवारिक आर्थिक अवस्था अहिले निकै कमजोर भइरहेको र बाँकी सम्पत्तिले पनि नपुग्ने भएपछि निजको उपचारका लागि आर्थिक सहयोग आह्वान गरिएको छ।
सहयोगदाताहरूका लागि प्रभु बैंकमा बिरामीका बाबु बाबुराम अर्याल फोन नम्बर ९८४७३९४००० को नाममा रहेको खाता नम्बर ११४०१३००९११२७१०००००१ सार्वजनिक गरिएको छ।