सुर्य भुसाल
सन्धिखर्क । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ ले आयोजना गरेको बिद्यालय स्तरिय खेलकुद प्रतियोगिता समापन भएको छ ।
भलिवलमा छात्रा तर्फ ग्रिन बाेडिड स्कुल प्रथम,द्वितीय गाैरिशकर बाेडिड र अर्घाखाचि अावसायि तृतीय भएका छन् ।यस्तै छात्र तर्फ अर्घाखाँची अावसिय प्रथम,द्वितीय युवावर्षा जनता रवि चित्रमावि र तृतीय ग्रिन बाेडिड स्कुल भएका छन् ।
सो समारोहलाई सम्बोधन गर्दै सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले मानिस स्वास्थ र अनुसासित रहनका लागि खेलकुद महत्त्वपूर्ण हुने बताउनु भएको छ । नगरप्रमुख भुसालले नगरपालिका भित्र खेल मैदानहरु निर्माण गर्ने र जिल्ला मा खेलाडीहरु उत्पादन गर्ने तर्फ अाफु हरु केन्दित रहेको बताउनु भयो ।
कार्यक्रममा उपप्रमुख ठाकुर कुमार बिकले खेलकुदको विकासका लागि नगरपालिका स्तरीय बिभिन्न खेलहरु अायोजना गर्ने तैयारी भईरहेको बताउनु भयो ।उहाँले अर्घाखाँचीबाट राष्ट्रिय खेलाडि उत्पादन गरि जिल्लाको ईज्जत् सान र प्रतिस्ठा बढाउने तर्फ केन्दित भई नगरपालिकाको बजेटबाट खेल मैदानहरु निर्माण गर्न लागिएको बताउनुभयो ।
कार्यक्रम वार्ड अध्यक्ष मोतिजग रायमाझीको अध्यक्षतामा भएको हो ।