सुर्य भुसाल
सन्धिखर्क । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले प्रतक्षय अायअार्जन गर्ने खालका रोजगारि मुलक र सीप मुलक कार्यक्रम हरु अगाडि बढाउने र दूध दहि ध्युमा अात्म निर्भर नगरपालिका बनाउने बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका पशु स्वास्थ शाखाले अायजना गरेको ३ दिने व्यावसायिक गाई भैंसी पालन सम्बन्धित तालिमको समापन गर्दै नगरप्रमुख भुसालले सीप तथा ब्यबसाहिक गाई भैंसी पालन तालिम मा सिकेका कुराहरु गाउमा लगेर ब्याभारमा उतारि दक्ष कृर्षक बनेर रोजगारी मुलक ब्यबसाय सन्चालन गर्न अाग्रह गर्नु भयो ।
भुसालले हराभरा नगरपालिका बनाउने अभियानमा लाग्न नगरबासिलाई अाग्रह गर्नु भयो ।
कार्यक्रममा पशु स्वास्थ प्रमुख राधा पान्डे बुद्धि गौतम लगाएतले मन्तब्य राखेका थिए ।