अर्घाखाँचीमा बिदुत प्राधिकरणद्दारा पोल र नाङो तारले छोएका रुख काट्ने क्रमलाई तिव्रता

प्रेम खड्का 
सन्धिखर्क (अर्घाखाँचीडट्कम) । नेपाल बिदुत प्राधिकरण अर्घाखाँचीले जिल्लाभर नाङो तारले छोएका रुख काट्ने क्रमलाई तिव्रता दिएको छ । 
सोही अनुसार नापी कार्यालय अगाडि शनिबारको दिन पनि तारलाई छोएको रुख काटेर हटाएको हो । 
यस्तै विधुतलाई नियमित गर्न र जनधनको जोखिम हुन नदिन भन्दै बिदुतका पोल र रुखमा छोइएका रुख काट्ने कार्यलाई निरन्तर जारी राख्ने नेपाल बिदुत प्राधिकरण अर्घाखाँचीले बतायो । 
साथै जिल्लामा कहीकतै पोलमा समस्या र रुखमा तार छोइएको भएमा सेवाग्राहीहरुलाई तुरुन्त जानकारी गराउन बिदुत प्राधिकरण अर्घाखाँचीले अपिल समेत गरेको छ । 

अन्य समाचारहरु