भुमिकास्थान नगरपालिकाले ६० देखि ६५ % कर घटाएको भन्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्वारा धन्यबाद ज्ञापन


श्याम घिमिरे 
भुमिकास्थान, अर्घाखाँची फागुन १७  – राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जिल्लाको भुमिकास्थान नगर कार्यपालीकाको चौथोे नगर सभा बैठकले ६० देखी ६५ प्रतिशतसम्म कर घटाउने निर्णय गरेकोमा उक्त कार्यको प्रेस बिज्ञप्ती मार्फत नगरपालीकालाई धन्यबाद ज्ञापन गरेको छ ।
राजमो जिल्ला अध्यक्ष थम्मन केसी द्धारा हस्ताक्षरीत प्रेस बिज्ञप्तीमा मुलुकमा संघिय संरचनाको कारण जनतालाई चर्को कर बृद्धि गरीएको र त्यसको प्रत्यक्ष प्रभाब आम सर्बसाधारण जनतामाथी परेको भन्दै नगरपालीकाको यो कदमले जनतालाई केहीरुपमा राहत मिलेको बताएको छ । देशमा महंगी, भ्रष्ट्रचार, बलात्कार जस्ता जघन्य अपराधीक घटनाहरुले समाज असुरक्षित बन्दै गएकोले यस्ता खाले गतिबिधिलाई नियन्त्रण गर्न राजमोले सम्बन्धीत निकायको ध्यानाकर्षण समेत गराएको छ ।
यस्तै राजमोले आगामी दिनमा जनतासंग प्रत्यक्ष सरोकार राख्ने बिषयमा सकारात्मक भुमिका निर्वाह गर्नेसमेत बिज्ञप्तीमा उल्लेख गरीएको छ ।

अन्य समाचारहरु