१०९ औ अन्तरराष्ट्रिय महिला दिवस मनाउन सन्धिखर्क नगरपालिकाकाे बैठक सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क फागुन १७ – सन्धिखर्क नगरपालिका काे अायाेजनामा उप प्रमुख ठाकुर कुमार बिककाे अध्यक्षतामा १०९अाै अन्तरास्ट्रिय महिला दिवस मनाउने बारे बैठक सम्पन्न भएकाे छ ।
यहि फागुन २४ गते मनाउने दिवसका लागि नगर प्रमुख कमल प्रसाद भुसालकाे संयाेजकत्वमा विभिन्न संघ संस्थाहरू रहेका मुल समाराेह समिति गठन गरिएकाे छ ।
बैठकले दिवस काे पूर्व सन्ध्यामा फाल्गुण २२ र २३ गते बिषय बिज्ञहरू बाट महिला ससक्तिकरणका कार्यक्रमहरू सन्चालन गर्ने निर्णय गरेकाे छ ।यसैगरि २४गते दिनकाे ११बजे सन्धिखर्कनगरपालिका बाट रेली निकाली बजार परिक्रमा पछि कार्य पत्र प्रस्तुति सहित नगरपालिका हलमा; अन्तरकृया कार्यक्रम हुने भएकाे छ ।
साथै नेपाल पत्रकारमहासंघ काे समन्वयमा रेडियोबाट परिसंवाद कार्यक्रम समेत प्रसारण गर्ने बैठकले निर्णय गरेकाे छ । नगर महिला अधिकृत बेलकुमारि परियारकाे सन्चालनमा सम्पन्न बैठकमा मालारानी गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पाैडेल , महिलाजनप्रतिनिधिहरू ,कार्यपालिका सदस्यहरू, राजनितिक दलका महिला भातृसंगठनका प्रमुखहरू , ,महिला सहकारि संस्थाका प्रमुख हरू , मानवअधिकारबादि संस्था , पत्रकार महासंघ; लगायतका संस्थाहरूका प्रमुख तथा प्रतिनिधिहरूका काे उपस्थिति रहेकाे थियाे ।

अन्य समाचारहरु