सागर महत
फागुन १८ ,अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका वाड नं. ९ सिद्धारा स्थित पाँकुरीमा आगलागि पीडित परिवारको बालबालिकाले शैक्षिक सामग्री पाएका छन् ।
पाँकुरी आधारभूत विद्यालयमा गठित सकृय जुनियर रेडक्रस सर्कल र पाँकुरी बाल क्लबले एक कार्यक्रम का बिच आगलागि पिडित दुई बालबालिकालाई विद्यालय पोशाक, झोला, स्टेशनरी सामान वितरण गरिएको छ ।
कार्यक्रममा जुनियर रेडक्रस समितिका उपाध्यक्ष पूर्णिमा रोकाको सभापतित्व रहेको थियो । अचानक लागेको आगोबाट पाँकुरी निवासी कमरा रोकाको घर सखाप हुने गरी भएको विपतमा पाँकुरी आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले आफुले खाजा खान ल्याएको पैसा संकलन गरी राहत बाड्ने कार्य नमुना भएको विद्यालयका प्रअ गणेश बेल्बासेले बताउनु भयो ।
उहाँले हामीलाई जानकारी गराउँदै समाज र परिस्थितीको माग र आवश्यकता अनुसार शैक्षिक क्षेत्रका साथै सामाजिक कार्यमा समेत विद्यार्थीहरूलाई परिचालन गर्दा सम्मुनत समाजको परिकल्पना साकार हुने बताउनु भयो । विपतिबाट समस्यामा परेका जो कोहीलाई सहयोग गर्ने सामाजिक कार्यले उनीहरुमा सामाजिककरणमा सहयोग पुग्ने बताउनु भयो । साथै उक्त सहयोगको प्रशंसा गदै बालबालिकाको त्यो सहयोगले जुनसुकै विपत्तिबाट पीडितहरुको सहयोगमा जुट्न जनप्रतिनिधि, बुद्धिजिवी, समाजसेवी व्यक्तित्व, संघसंस्था लगाएत सबैलाई पाँकुरीका बालबालिकाबाट सिक्न अनुरोध समेत गर्नुभयो ।
आगलागिबाट सर्वश्व गुमाएका दुई विद्यार्थीले शैक्षिक सामाग्री पाएपछि प्रफुल्लीत भएका थिए । आगलागिको कारण सबै गुमाएका अभिभावकले छोराछोरीले शैक्षिक सामाग्री पाएपछि खुसी व्यक्त गदै क्लबलाई धन्यवाद दिएका थिए ।