श्याम घिमिरे
सन्धिखर्क फागुन २० – महाशिवरात्रिको अवसरमा आज बिहानै देखि सन्धिखर्क नगरपालीका २ चुत्राबेसीको श्री शिद्धेश्वर शिबालय मन्दिर,श्री १०८ पाञ्चायन मन्दिर सन्धिखर्क १ लगायत जिल्लाका शिवालयहरुमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनहरुको भीड लागेको छ ।
पर्वका अवसरमा बिहान ६ बजेदेखि नै शिद्धेश्वर शिबालयमा पुजाआरधना सुरु भएको शिद्धेश्वर शिबालय शक्तिपीठले जनाएको छ । बिहानैदेखि सयौ भक्तजनहरु शिबालय मन्दिरमा दर्शनका लागि लाममा बसेका छन् ।
ज्येष्ठ नागरिक र अशक्तले भने मन्दिरमा दर्शन गर्न लाइनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाइएको शक्तिपीठ सन्चालक समितिका अध्यक्ष नारायण खनालले बताए ।
मन्दीरमा करीब सात हजार भक्तजनहरुले दर्शन गर्ने शिद्धेश्वर शिबालय शक्तिपीठ सन्चालक समितिका सचिब कृष्णप्रसाद भुसालले जानकारी दिए ।