अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) सन्धिखर्क नगर कमिटीको आयोजनामा सहिद सप्ताह २०७५ अन्तरगत सहिद परिबारलाई अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ।
नेकपा प्रदेश कमिटी सदस्य तथा प्रदेश न.५ सभा सदस्य माननीय रामजी प्रसाद घिमिरे को प्रमुख आतिथ्यता प्रदेश कमिटी सदस्य तथा सन्धिखर्क नगर उप प्रमुख ठाकुर कुमार बि.क को बिशिस्ट आथित्यता मा शुरु भएको कार्यक्रम मा विभिन्न परिबर्तनका आन्दोलन का क्रममा सहिद हुनु भएका आफन्त हरु लाई सम्मान गरिएको थियोे ।
सन्धिखर्क नगर कमिटी अध्यक्ष श्री कृष्ण भुसाल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथी तथा सहिद हरुका तर्फ बाट विशाल खड्का ले सारगर्भीक मन्तब्य राखेका थिए ।
बालकृष्ण आचार्यको सन्चालनमा सम्पन्न कार्यक्रम लाई कुशल भुसाल ले स्वागत गर्नु भएको थियोे ।