ठाडाको ज्योति भबिश्वर बहुमिखी क्याम्पसमा हुने धार्मिक महोत्सवमा एक लाख बढि श्रद्धालु भक्तजनहरु उपस्थित गराउने लक्ष्य

प्रेमनारायण आचार्य
ठाडा, अर्घाखाँची २१ फागुन । अर्घाखाँचीको शितगंगा नगरपालिकामा रहेको एक मात्र ज्योति भबिश्वर बहुमिखी क्यामपसमा क्याम्पस सञ्चालनको लागी महायज्ञ सञ्चालन गरिने भएको छ । 
भौगलीक हिसाबले नेपालको ठुलो नगरपालिका रहेको शितगंगाको एक मात्र क्यापस भएकोले यसको स्तर बृद्धि नहुदाँ जुकेना ,जलुके ,सिद्धारा ,सिमलपानी , ठाडा ,सितापुरका बिद्यार्थीहरु बुटबल ,कपिलबस्तु गएर अध्यन गर्न बाध्य छन ।
फाल्गुन २४ गते देखी चैत्र १ गते सम्म सञ्चालनहुने महायज्ञको सम्पूर्ण तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । महायज्ञबाट क्यामसको स्तर उन्नती ,स्नाकोतर सञ्चालन , ईलाईब्रेरीको व्यबस्था , भौतिक संरचनाको निर्माण गर्ने उद्धेश्यले मेला सञ्चालन गर्न लागीएको मूल आयोजक समितीका सदस्य माधब पौडेलले बताउनु भयो । 
शितगंगा नगरपालिका भित्र रहेको पर्यटकीय स्थलहरुको पहिचान गर्ने , संरक्षण र प्रचार गर्ने टेबा पुग्ने लक्ष्य रहेको नगरप्रमुख सूर्यप्रसाद अधिकारीले बताउनुभयो । धार्मिक महत्सबले क्यामपसको स्तर उन्नतीहुने बिश्वास लिएको क्यामपस प्रमुख बिष्णु भट्टराईले बताउनु भयो  ।  
धार्मिक महोत्सवमा एक लाख भन्दा बढि श्रद्धालु भक्तजनहरु लाई उपस्थित गराउने लक्ष्य लिइएको शितगंगा शैक्षिक तथा धार्मिक महोत्सव मुल समारोह समितिका अध्यक्ष तथा क्याम्पस ब्यबस्थापन समिति का अध्यक्ष कुमार केशब सिहले जानकारी दिनु भयो । 
महोत्सव लाई भब्य बनाउन मुल समारोह समिति सचिबालय निर्माण विभिन्न खालका उपसमिति हरु प्रचारप्रसार उपसमिति   मन्च ब्यबस्थापन उप  समिति अतिथि सत्कार उप  समिति खाध्य ब्यबस्थापन उपसमिति सयमसेबक उपसमिति लगाएतका दर्जनौं समितिहरु निर्माण गरिएको छ । 

अन्य समाचारहरु