अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा एकल महिलाका लागि कानुनी सचेतना अभिमुखीकरण १ दिने तालिम सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका तथा माहिला बालबालिका तथा समाज कल्याण उपशाखा अर्घाखाँचीको आयोजनामा सम्पन्न १ दिने तालिममा नगर प्रमुख कमल प्रसाद भुसाल र उपप्रमुख ठाकुर कुमार विक लगायतको उपस्थिती रहेको थियो ।