सन्धिखर्कको स्याले बजारमा ट्याक्सी र मोटर साइकल एक आपसमा ठोक्किदा एक जना घाइते

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित जिल्ला अस्पताल मुनी स्याले बजारमा ट्याक्सी र मोटर साइकल एक आपसमा ठोक्किदा एक जना घाइते भएका छन् । 
स्याले बजारमा  लु१ ज ३९६३ नम्बरको ट्याक्सीसँग ठोक्किदा बा २५  प  ९६७१ नम्बरका  मोटर साइकल चालक छत्रदेव गाउँपालिका वार्ड नम्बर  ८ का सरोज पान्डे घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारपछि भैरहवा रिफर गरिएको छ । 
ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा ल्याई अनुसन्धान गरिरहेको बताएको छ । 

अन्य समाचारहरु