
गोपाल भट्टराई
डांडाकटेरी, फागुन २३ अर्घाखाँची – मालारानी गाउंपालिकाको डांडाकटेरीमा अवस्थित सरस्वती माता मा.वि.मा एस इइ को तयारी गरिरहेका विद्यार्थीहरुलाई आज विदाइ गरिएको छ । कक्षा ९ का विद्यार्थीले एक कार्यक्रमको आयोजना गरि परिक्षा सफलताको शुभकामना सहित विदाइ गरेका हुन् ।
आयोजक विद्यार्थीको तर्फबाट मनिषा बन्जाडेको अध्यक्षता,सविता सेजवालको स्वागत मन्तव्य र पवन खनालको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालयका वि.व्य.स.अध्यक्ष जिवलाल भुसाल,प्र.अ.हुमानन्द खनाल,शिक्षक अभिभावक संघका अध्यक्ष शोभाखर भुसालले शुभकामना दिंदै विद्यार्थीको पहिलो गहना अनुशासन भएको बताउंदै अबको समयलाई भरपुर सदुपयोग गरि राम्रो उत्कृष्ट नतिजा ल्याउन आग्रह समेत गर्नुभएको छ ।
गत बर्षको एसइइ र आधारभुत तहको बार्षिक परिक्षामा उक्त विद्यालय मालारानी प्रथम भएको अवगत गराउंदै उहांहरुले एसइइ परिक्षामा जिल्लामै उत्कृष्ट हुने गरि लाग्न सम्बन्धित शिक्षक र विद्यार्थीलाई आग्रह गर्नुभएको छ । यस्तै शिक्षक योगेन्द्रनाथ भुसालले शुभकामना मन्तव्य राख्दै ए प्लस ग्रेड र ए ग्रेड ल्याउने विद्यार्थीलाई आफुले विगतदेखी दिंदै आएको पुरस्कार क्रमश रु ५ हजार र रु दुई हजार यस बर्षपनि दिने प्रतिबद्धता व्यक्त गर्नुभएको त्यहांबाट शिक्षक प्रकाश पाण्डेले जानकारी दिनुभएको छ ।