अडगुरीको भञ्ज्याङ्मामा लालपुर्जा बितरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
अडगुरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँचीको पाणिनी गाउँपालिका ७ अडगुरी भञ्ज्याङ्मामा विशेष नापी कार्यालयबाट तैयार गरिएका लालपुर्जा बितरण कार्यक्रम सम्पन्न भएको छ । १६ वर्षपछि लालपुर्जा पाँउदा   अडगुरीका स्थानीयहरु हर्षित भएका छन् ।
सशस्त्र द्धन्द्धको समयमा २०५९ सालमा सदरमुकाममा आक्रमण हँुदा जलेर लालपुर्जा नष्ट भएपछि जिल्ला नै नक्साविहीन बनेको थियो । देश शान्ति प्रकृयामा गइसकेपछि विशेष नापी कार्यालयको टोलीले पुन नापी गरी जग्गाधनी पुर्जा वितरण गर्न सुरु गरेको हो । लालपुर्जा पाउँदा स्थानीय अत्यन्तै खुशी देखिन्थे ।   लालपुर्जा बितरण कार्यक्रममा पुर्व उपप्रधानमन्त्री तथा  प्रतिनिधि सभाका सांसद टोपबहादुर रायमाझीले जिल्लाको बिकासले फड्को मारेर अगाडि बढेको बताउनु भएको छ । 
विशेष नापी कार्यालय अर्घाखाँचीबाट तैयार गरिएका अडगुरीका जनताहरुलाई पुर्जा बितरण गर्दै सांसद रायमाझीले बिकास निर्माणका लागि सबै अर्घाखाँचीबासीहरु एकजुट हुनुपर्ने बताउदै जनताको माग अनुसारको बजेट ल्याउन आफु केन्दमा लागि परेको बताउनु भएको हो ।  अडगुरीका भञ्ज्याङमा लालपुर्जा वितरण गर्दै पूर्व उपप्रधान मन्त्री तथा नेकपाका नेता टोपबहादुर रायमाझीले पहिले आफ्नै नेतृत्वमा जलाएका नक्सा फेरि आफैले बाँडन पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशमा क्रान्ति गर्न र गणतन्त्रको स्थापनाको लागि लडिएको युद्धमा लालपुर्जा पनि जलेको र अहिले पुन नापी गरेर सबैलाइ बुझाउन पाउँदा खुशी लागेको बताउनुभयो । 
विशेष नापी कार्यालय अर्घाखाँचीले पाणिनी गाउँपालिकाको वार्ड नंं ७ अडगुरीमा एक हजार एक सय ७० जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गर्न सुरु गरेको छ । कार्यक्रममा प्रदेस सांसद रामजी प्रसाद घिमिरे जिल्ला समन्वय समितिका उपप्रमुख ऋषि बहादुर पुलामी, पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतम, प्रमुख जिल्ला अधिकारी प्रेमलाल बेल्बासे, प्रहरी नायब उपरीक्षक नबराज मल्ल, विशेष नापी कार्यालयका प्रमुख खिम बहादुर राना, वार्ड अध्यक्ष गुणाखर अधिकारी लगायतका कार्यालय प्रमुखहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा नेकपाका गाउँपालिका अध्यक्ष कमल पौडेल, नेपाली काङ्ग्रेसका नेता असोक कुमार श्रेष्ठ, नयाँ शक्तीका पुष्कर आचार्य, साझा बिबेकसिलका हरि प्रसाद भुसाल लगायतका नेताहरु सहभागी भएका थिए । 
कार्यक्रम सहायक क्याम्पस प्रमुख कबिसिह कठायतको सन्चालनमा भएको थियोे । 

अन्य समाचारहरु