अर्घाखाँचीडट्कम संवाददाता
ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको गबदेमा गबदे जनजागृती कृषक समुहको जनजागृती गुणस्तरिय सिमि बीउ उत्पादन कृषक पाठशाला सम्पन्न भएको छ ।
किसानका लागि उन्नत बीउ बिजन कार्यक्रम को आर्थिक तथा प्राबिधिक सहयोगमा जनजागृती गुणस्तरीय सिमि बीउ उत्पादन कृषक पाठशाला गबदेमा सम्पन्न भएको हो ।
पाठशाला कुलप्रसाद घिमिरेको अध्यक्षतामा ४ वटा उपसमुह (चौमासे ,हिउदे, बकुला र घिउ ) बिभाजन गरि सबैलाई आ-आफ्नो जिम्मेवारी दिइएको थियो ।
साथै ४ वटा समुहको छुट्टाछुट्टै प्लट्मा सिमिको बीउ उन्नत तरिका र स्थानिय तरिकामा लगाउने काम सम्पन्न भएको छ । जसको सहजिकरण पाठाशालाका सहजकर्ता बिनोद मरासिनी र किसानका लागि उन्नत बीउ बिजन कार्यक्रमकि भगवता पाण्डेले गर्नु भएको थियो ।