पटौटीमा १०९ औं अन्तराष्ट्रिय महिला दिवस मनाइयो

अर्घाखाँचीडट्कम संवाददाता 
पटौटी, अर्घाखाँची । लैङ्गिक समानताका लागि समान सोंच र व्यावहार , सम्बृद्विको आधार भन्ने मुल नाराका साथ आज १०९ औं अर्न्तरास्ट्रीय महिला दिवस अर्घाखाँची पाणिनी गाउँपालिका ४ पटौटी (साबिक २ पातलापोखरामा) उज्यालो नमुना आमा समूहले बिशेष कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा उज्यालो आमा समूह अध्यक्ष लक्ष्मी घिमिरेले स्वागत मन्तव्य राख्नु भएको थियो । 
 कार्यक्रममा बोल्दै आमा समुहकि पुर्ब अध्यक्ष शिक्षिका लक्ष्मी घिमिरे ले महिलाहरु गहना र कपडा लगाउन मात्र अगाडि बढी जागरुप हुदैमा महिला हिम्सा अन्त्य नहुने भन्दै महिला हरुलाइ सक्रिय भएर अगाडि बढ्न आग्रह गर्नु भयो । 
शुभ अवसरमा बोल्दै स्वास्थ शोयम सेविका सारदा घिमिरे र साबित्रा घिमिरेले पनि कुनै पनि महिला महिला भएकै कारण हिंसामा पर्नु नपरोस , बलात्कार को शिकार हुन नपरोस , हत्या हुन नपरोस सबै मानिसमा सकारात्मक सोंचको विकास होस हामि सबै मिलेर समानता को लागि आवाज बुलन्द गर्न सकौं स्ंविधानमा लेखिएका मौलिक अधिकार हरु कार्यान्वायन गह्रौं भन्नुभएको थियो।
 कार्यक्रमको सन्चालन सीता नेपाली ले गर्नुभएको थियो भने अन्त्य नमुना आमा समूह अध्यक्ष सिप्पु हमाल ले गर्नुभएको थियो ।

अन्य समाचारहरु