प्रदीप सूर्यवंशी मगर
भुमिकास्थान, अर्घाखाँची । महिला सन्जाल र महिला तथा बालबालिका बालकल्याणको आयोजनामा एक सय नवाै अन्तराष्टिय महिला दिवस आज भुमिकास्थान नगरपालीकाको कार्यालयमा सम्पन्न भएको छ ।
उत्त कार्यक्रम को सभापत्तित्व सर्मीला आचार्य प्रोखेल ले गर्नु भएको थियो प्रमुख अतिथि भुनपा का नगरप्रमुख रेशम थापा अतिथिहरु राधा राना वडा सदस्य कल्पना भुशाल कलि सुनार लक्ष्मीदेबी सुनार हिरा पन्थि लगाएत रहनु भएको थियो ।
प्रमुख अतिथि रेशम थापा महिलाहरुको बारेमा आगामी दिन मा धेरै कार्यक्रम ल्याउने र समाजमा महिला हिशाको अन्त्य गर्ने र महिला लाई कुनै हिशा भए नगरपाली का आउन समेत आग्रह गर्नु भएको थियो कार्यक्रम को स्वागत मन्तब्य मुना पोख्रेल ले राखनु भएको थियो ।
सोही कार्यक्रम मा भुमिकास्थान का दस वटै वाडका महिलाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम को सन्चालन शान्ता पाैडेलले गर्नु भएको थियो ।