श्याम घिमिरे
सन्धिखर्क फागुन २४ – त्रिवेणी वचत तथा ऋण सहकारी संस्था लिमटेड सन्धिखर्क २ चुत्राबेसीले सहकारीका शेयर सदस्यहरुलाई दुई दिवसीय सहकारी शिक्षा तालिम आजबाट सन्धिखर्कमा संचालन गरेको छ ।
सहकारीले अवलम्वन गर्ने सात सिद्धान्तहरू मध्ये शिक्षा,तालिम र सूचना सम्बन्धि सिद्धान्तलाई आत्मसाथ गर्दे सहकारीले तालीमको आयोजना गरेको संस्थाका कार्यकारी प्रमुख तुल्सी खनालले जानकारी दिनुभयो ।
सहकारीका सदस्यहरूलाई दुई समुहमा विभाजन गरि फागुन २४ र २५ गते दुई दिन तालिम सन्चालन गरीने संस्थाले जनाएको छ । सहकारीका शेयर सदस्यहरूको उल्लेखनीय सहभागीता रहेको कार्यक्रममा सहकारीको परिचय, ईतिहास, महत्व, आवश्यकता, आर्थिक अवस्था, तालिम, भ्रमण, गुनासो, नीति नियम, सुझाव संकलन लगायतका बिषयबस्तुलाई समेटिएर तालिम संचालन गरीएको संस्थाका शिब बेल्बासेले बताउनु भयो ।
संस्थाका अध्यक्ष चन्द्रप्रसाद वन्जाडेको अध्यक्षता, कमल प्रसाद घिमिरेको स्वागत मन्तव्य र नारायण प्रसाद भुसालको संचालनमा सुरूभएको तालीमको संस्थाका सदस्यहरु चोपनारायण बन्जाडे, उत्तममणि मिश्र, कमल प्रसाद घिमिरे, नारायण प्रसाद भुसाल, तुल्सीराम खनाल लगायतले सहजिकरण गर्नुभएको छ ।
जिल्लामा अब्बल सहकारीको रूपमा परिचित यस संस्थाले समयानुकुल स्वास्थ्य, सरसफाई,प्राकृतिक प्रकोप, आर्थिक सहायता, अशक्त व्यक्तिलाई आर्थिक तथा लत्ताकपडा सहयोग, वालमैत्रि शैक्षिक कार्यक्रम लगायत विभिन्न चेतनामुलक एवं रचनात्मक कार्यहरू गर्दे आइरहेको छ । संस्थामा हाल ७१० जना शेयर सदस्यहरु रहेका छन ।