असुरकोटमा अन्तराष्टिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
पटौटी, अर्घाखाँची फागुन २४ ।   अन्तराष्टिय नारी दिवसको अवसरमा असुरकोटमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।
 असुरकोट महिला संजालको आयोजनामा भुमिकास्थान नगरपालिका वडा नं. ५ असुरकोटमा गाउँ परिक्रमा सहितको अन्तरक्रिया सम्पन्न गरिएको हो ।
 कार्यक्रममा सहभागीहरुले महिला हिंसा व्यवहारमै परिवर्तन गर्नका लागि महिला पुरुष दुवैको सोँचमा परिवर्तन हुनुपर्नेमा जोड दिएका थिए । वडा अध्यक्ष तुल्सीराम बेल्वासेको प्रमुख आतिथ्यता र वडा सदस्य शिव प्रसाद बन्जाडेको विशिष्ठ आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय नसमाजसेवी, महिला नेतृहरु सहित स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो । 
कार्यक्रम असुरकोट महिला सन्जाल असुरकोटकी अध्यक्ष कमला बेल्वासेको अध्यक्षता र यमा श्रेष्ठको संचालनमा सम्पन्न भएको हो । 

अन्य समाचारहरु