श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची फागुन २५ – राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ अर्घाखाँचीको अध्यक्षमा सकुन्तला राना निर्वाचित हुनुभएको छ ।
सुक्रबार सन्धिखर्कमा सम्पन्न सातौं जिल्ला सम्मेलनले अध्यक्ष रानाको नेतृत्वमा १९ सदस्यीय जिल्ला समिति सर्वसहमत रुपामा निर्वाचित गरेको हो ।
१०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारि सन्धिखर्कमा सम्पन्न भएको सम्मेलनले निर्वाचित गरेको अनेमसंघ जिल्ला समितिको उपाध्यक्षमा गिता पाण्डे,सचिव कल्पना पोख्रेल,सह–सचिव लक्ष्मी वि.क. र कोषाध्यक्षमा मिना वि.सी. चयन हुनुभएको छ ।
यस्तै समितिको सदस्यहरुमा लिला भुसाल,खुमा वेल्वासे,राधा आचार्य,आरता वेल्वासे,कमला खत्री,कमला पराजुली,सिता भट्टराई,तुलसा कुंवर,खकी थापा,सावित्रा दमासे,सुन्दरा रायमाझी,गंगा मुखिया र श्रीधरा राउत छनोट हुनुभएको आयोजकले जनाएको छ । यस अघि अखिल नेपाल महिला संघ केन्द्रिय अध्यक्ष मिना पुन एक कार्यक्रमका बिच सम्मेलनको उद्घाटन गर्नु भएको थियो ।