सन्धिखर्कमा मसाल निकट अखिल नेपाल शिक्षक संघ अर्घाखाँचीको छैठौं जिल्ला परिषद तथा बनभोज कार्यक्रम सम्पन्न (तस्बिर सहित)

श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची फागुन २५  ।  अखिल नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष सानुभाई कार्कीले शिक्षा निति र शैक्षिक ब्यबस्थापनमा समय सापेक्ष परिबर्तनको अभियानमा जुट्नुपर्ने भन्दै अनिबार्य प्राबिधिक,निःशुल्क, र गुणस्तरीय शिक्षाको सरकारले ग्यारेन्टी गर्नु पर्ने बताउनु भएको छ । 
अखिल नेपाल शिक्षक संघ अर्घाखाँचीको छैठौं जिल्ला परिषद तथा बनभोज कार्यक्रमलाई सनिबार सदरमुकाम सन्धिखर्कमा सम्बोधन गर्दे अध्यक्ष कार्कीले यस्तो बताउनु भएको हो ।
सुखि र समृद्ध नेपाल नाराले मात्र नबन्ने बताउदै कार्कीले त्यो लक्ष्य पुरा गर्न प्राबिधिक शिक्षा,प्राबिधिक ब्यबस्थापन र स्थानीय कच्चापदार्थको उपयोगलाई आधार मानेर सरकारले पाठ्यक्रम निर्माण गर्नुपर्ने बताउनु भयो ।
संघका का.बा अध्यक्ष कृष्ण प्रसाद बन्जाडेको अध्यक्षता बिष्णुमाया भुसालको स्वागत मन्तब्य र दलबहादुर केसीको सन्चालनमा सम्पन्न कार्यक्रममा राजमो नेता शेरबहादुर बिसी,सागर केसी,झबिलाल थापा,थम्मन केसी,पुर्ब शिक्षक नेता कमलप्रसाद भुसाल , कमलप्रसाद घिमिरे, शिक्षक हिमलाल खनाल लगायतले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो । 
कार्यक्रममा सचिब दलबहादुर केसीले सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष बिष्णु खनालले आर्थिक प्रतिबेदन प्रस्तुत गरेको संघले जनाएको छ ।

अन्य समाचारहरु