सन्धिखर्कमा रिटर्नी माइग्रेट नेपाल अर्घाखाँचीले जिल्ला स्तरीय भेटघाट कार्यक्रम गर्ने

हरि कुँवर 
सन्धिखर्क,  अर्घाखाँची  २५ फागुन – ” रिटर्नी माइग्रेट नेपाल अर्घाखाँची ” वैदेशिक रोजगारी बाट स्वदेश फर्किएका युवाहरुको संस्थाले जिल्ला स्तरीय भेट घाट कार्यक्रम गर्ने भएको छ ।
रिटर्नी माइग्रेट नेपाल अर्घाखाँचीले आज सन्धिखर्कमा आयोजना गरेको भेलामा १९ जनाको सहभागीता रह्र्को थियो । कार्यक्रम फागुन २९ गते मालारानी गाउँपालिका , चैत्र १ गते पाणिनी गाउँपालिका , चैत्र २ गते शितगङ्गा नगरपालिका , चैत्र३ गते छत्रदेव गाउँपालिका , चैत्र ४ गते सन्धिखर्क नगरपालिका र चैत्र ५ गते भुमिका स्थान नगरपालिकामा भेट घाट कार्यक्रम राख्ने भएको हो । उक्त कार्यक्रममा रिटर्नी माइग्रेट नेपाल अर्घाखाँची संस्थाले चैत ९ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।
विदेशबाट फर्किएका नेपालीहरुलाइ एकीकृत गरि रिटर्नीहरुको समस्या र सम्भावनालाई राज्यको निति कार्यक्रम साथै योजनासंगै जोडेर सीप, अनुभव र पूँजीलाई राज्यको समृद्धि प्राप्ति र स्ंवय व्यक्तिको आर्थिक विकासमा टेवा पुयाउने उद्धेश्यले रिटर्नी माइग्रेन्ट नेपाल संस्थाको स्थापना गरीएको संस्थाले जनाएको छ । कार्यक्रममा स्वदेश विदेशमा भोगेका आ- आफ्नो अनुभव, पिडा लाई साटासाट समेत गरेका थिए । वैदेशिक रोजगारबाट फर्केर अर्घाखाँचीमा बसोबास गर्ने सम्पुर्ण युवालाई संस्थाले सदस्यता लिन्न आग्रह गरेको छ । कार्यक्रम संचालक राजेन्द्र जी सीले गर्नु भएको थियो भने सम्पन्न अध्यक्ष बसन्त केसीले गर्नु भएको हो ।
सम्पर्क को लागि
बसन्त के सी -९८६७०२७६५७
राजेन्द्र जि सी – ९८५७०६६८११
रामु गैरे – ९८२३७०३८४९

अन्य समाचारहरु