अर्घाखाँची राष्ट्रसेवक अधिकृत समाजकाे तृतिय अधिवेशन साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न (तस्बिर सहित)

(२०७५ फाल्गुन २५, शनिवार)

अर्घाखाँची राष्ट्रसेवक अधिकृत समाजकाे तृतिय अधिवेशन साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमामा समाजका अध्यक्ष एवं नेपाल सरकारका भाैतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिब मधुसूदन अधिकारीकाे अध्यक्षतामा, कृषि तथा पसुपन्छी बिकास मन्त्री चक्रपाणी खनाल बलदेबकाे प्रमुख अतिथि र पम्फा भुषाल, चन्द्रबहादुर खडका उज्ज्वल सहित अर्घाखाँची जन्मिएर यस  संस्थामा आबद्द पुर्वसचिबहरू, सहसचिब, न्यायाधीशहरू, प्राध्यापक तथा बिभिन्न सेवा समूह एव बिभिन्न तहका अधिकृतहरू सहित २००  बढी सहभागी रहेको थियो । यस्तै संस्थाले भविष्यमा सबैलाई समेटिने गरि बिधान संसाेधन सहित नयाँ कार्यसमिति समेत तय गरेकाे छ ।
बसन्त श्रेष्ठ ‘छापेली’ 
काठमाडौं (अर्घाखाँचीडट्कम संवाददाता ) फागुन २६। अर्घाखाँची राष्ट्रसेवक अधिकृत समाजको साधारण सभा तथा वनभोजक कार्यक्रम काठमाण्डौमा सम्पन्न भएको छ । 
अर्घाखाँची जिल्लामा जन्म भई सरकारी सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूको साझा समाज अर्घाखाँची राष्ट्रसेवक अधिकृत समाजको तेस्रो साधारणसभा, दोस्रो अधिवेशन तथा वनभोज कार्यक्रम एकैसाथ सम्पन्न भएको हो ।  
कार्यक्रममा अर्घाखाँची जिल्लामै जन्मिनु भएका कृषि तथा पशुपन्छी विकास मन्त्री चन्द्रप्रकाश खनाल ‘बलदेव’को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अथिति खनालले अर्घाखाँची जिल्लाले निजामती क्षेत्रमा नमुना जिल्लाको रुपमा पहिचान दिदै आएको बताउनुभयो । उहाँले सबै कर्मचारीहरुलाई एकजुट भएर जिल्लाको समृद्धिका निम्ति लाग्न शुभकामना दिनुभयो । 
कार्यक्रममा प्रतिनिधी सभा सदस्य पम्फा भुसाल र राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्वललले अर्घाखाँची जिल्लालाई मुलुकभर कतृब्य निष्ट कर्मचारीहरु पहिचान रहदै आएको भन्दै उहाँले कर्मचारी देशको स्थायी सरकार भएको उल्लेख गर्नुभयो ।
समाजमा नयाँ नेतृत्व, नाम परिवर्तन
अधिवेशनवाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीको अध्यक्षतामा विभिन्न क्षेत्रवाट प्रतिनिधित्व हुने गरी दुई कार्यकालका लागी २३ सदस्यीय कार्यसमितीको गठन गरिएको छ । उक्त अधिवेशनवाट ‘अर्घाखाँची राष्ट्रसेवक अधिकृत समाज’को नाम ‘अर्घाखाँची राष्ट्रसेवक समाज’ मा परिवर्तन गर्नेगरी संशोधन सहित विधान पारित गरिएको छ । हालसम्म उक्त संस्थामा अधिकृत स्तरको राष्ट्रसेवक मात्र सदस्य वन्न सक्ने प्रावधान भएकोमा अवदेखि सवै स्तर र तहका राष्ट्रसेवक कर्मचारी समाजको सदस्य वन्न पाउने भएका समाजका सचिव बिष्णुराज बेल्बासेले जानकारी दिनुभयो ।  
कार्यक्रममा २९ जना सर्जकहरूको लेख रचनावाट तयार पारिएको ’अर्घाखाँची चक्षु’ नामक स्मारिका समेत विमोचन गरिएको छ । सोही अवसरमा पदोन्नति हुने र बिद्यावारिधि गर्ने ४२ व्यक्तिलाइ वधाई सहित सम्मान गरिएको थियो ।
कार्यक्रम समाजका अध्यक्ष तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीको अध्यक्षता, समाजका सचिव तथा अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्बासेको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा  विभिन्न क्षेत्रका विभिन्न तहका भण्डै २ सय राष्ट्रसेवकहरूको विशेष उपस्थीति रहेको थियो ।

अन्य समाचारहरु