अर्घाखाँचीडट्कम संवाददाता
सिड्नी, अष्ट्रेलिया । अर्घाखाँची समाज अष्ट्रेलियाको भेट्घाट तथा वनभोज कार्यक्रम सिड्नीमा सम्पन्न भएको छ ।
अर्घाखाँचीदेखि अष्ट्रेलियाको यात्रा तय गरेर अध्ययन, पेशा र रोजगारी गर्दै बसेका अर्घाखाँचीबासीहरुले वृहत भेटघाट कार्यक्रम सिड्नीमा सम्पन्न गरेका हुन् ।
शनिबार आयोजित भेलामा नेपाली समूदायका अगुवाहरु लगायत अर्घाखाँचीबासीहरुको वाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा एक अर्का बिच आपसी भेटघाट, नेपाली खानपिन तथा गीत नृत्य गरी रमाइलो गरिएको थियो ।
अर्घाखाँचीबाट अस्ट्रेलिया आई बसोबास गर्ने दिदी बहिनी दाजुभाइबीच भाईचारा बढाउने, आपसी सुख दुस्ख साटासाट गर्ने र आफुले सकेको सहयोग आफ्नो जन्मभूमिको शिक्षा, स्वास्थ्यका क्षेत्रमा काम गर्ने उद्देश्यले समाजको गत वर्ष सन् २०१८ मा समाजको स्थापना भएको थियो ।