(२०७५ फाल्गुन २५, शनिवार)
शोभाखर पन्थी
पाणिनी, अर्घाखाँची २५ फागुन । शिक्षा क्षेत्रमा रहेको बिकृति र बिसंगतीको अन्त्य गरिनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठन पाणिनि गाउँपालिका अर्घाखाँची द्वारा दुर्गाफाँटमा आयोजित भेला तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले व्यबस्थामा आमुल परिबर्तन हुँदा पनि शिक्षा क्षेत्र पुरानै संरचना बाट संचालन भएको बताए ।
शिक्षा क्षेत्रमा समय अनुकुल परिवर्तन हुनुपर्नेमा प्राचिन र यथास्थितिमा गुज्रिएको उनिहरुको गुनासो थियो । कार्यक्रममा मन्तव्य राख्दै प्रदेश सभाका सदस्य रामजी प्रसाद घिमिरेले शिक्षा क्षेत्रमा रहेको व्यापारीकरणको अन्त्य गरिने बताए । शिक्षा ,स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा आम जनताको पहुँच पुर्याउन सरकार तत्पर रहेको उनको भनाइ थियो । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता समेत रहेका घिमिरेले बर्तमान शिक्षा प्रणालीका कारण मुलुकमा शैक्षिक बेरोजगारी समस्या दिनप्रतिदिन बढ्दै गएको भन्दै व्यबसायीक,बैज्ञानिक र जनवादी शिक्षाको बिकासमा जोड दिए ।
अर्का प्रदेशसभा सदस्य जाल्पा भुसालले शिक्षा क्षेत्रमा राज्यले लगानी गरे अनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताईन ।शैक्षिक गुणस्तर बृद्धिमा सबैको ध्यान जानुपर्नेमा उनको जोड थियो । पाणिनि गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतमले नयाँ युग अनुसारको शैक्षिक प्रणाली लागु हुनु पर्ने बताईन ।
बिद्यार्थीको ईच्छा ,चाहना र राष्ट्रको आबस्यकता अनुसारको शैक्षिक पाठ्यक्रम निर्माण गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । नेपाल राष्ट्रिय शिक्षक संगठन पाणिनि गाउँपालिकाका अध्यक्ष मीन बहादुर थापाको अध्यक्षता ,सचिव कृष्णप्रसाद पोख्रेलको संचालन तथा एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन पाणिनिका अध्यक्ष सालिकराम बेल्बासेको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षाबिकास तथा समन्वय ईकाई प्रमुख मनिराम पराजुली ,एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष मान वहादुर पाण्डे,नेपाल कम्युनिस्ट पार्टी नेकपा पाणिनिका अध्यक्ष कमल घिमिरेले लगायतका वक्ताहरूले मन्तव्य राख्दै शैक्षिक बेरोजगारीको अन्त्य र शैक्षिक गुणस्तर बृद्धिको पक्षमा आबाज उठाए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश कमिटीका सदस्यहरु जनार्दन खनाल,छमकुमारी खनाल चिनारी, तोजबहादुर रायमाझी , नेकपाका नेता जिवनाराण कोईराला,नेकपा सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल,गाउँपालिका कमिटी सचिव तथा वार्ड नं.५ का वडाअध्यक्ष जिवलाल घिमिरे,वार्ड नं. ७ का वडा अध्यक्ष गुनाखर अधिकारी नेपाल कम्युनिस्ट पार्टी नेकपा पाणिनिका नेताहरु बाबुराम घिमिरे ,बिमला घिमिरे ,शिक्षक नेता युबराज भुसाल , टेकनारायण गैरे,नवराज पोख्रेल नेपाल पत्रकार महासंघका प्रदेश सदस्य शोभाखर पन्थी ,प्रेस संगठनका नेता हृदय कुमार भुसाल लगायत शिक्षक नेता तथा जनप्रतिनिधी र स्थानीय नेताहरुको आतिथ्यता रहेको थियो ।