अर्घाखाँचीडट्कम संवाददाता
फुदवाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाचिकोटको फुदवाङमा महिला विषेश चुरापोते हस्तकला सम्बन्धी ७ दिने तालिम संचालन भएको छ ।
वार्ड नम्बर ७ द्वारा आयोजित ७दिने चुरापोते लगायत सिपमुलक तालिमको नगर प्रमुख कमल प्रसाद भुसालके उद्दघाटन गरेका थिए ।
तालिममा दुई दर्जन बढी महिलाहरुको सहभागीता रहेको छ ।