सुपा देउराली मन्दिरको दर्शन गरि बुटवल तर्फ जाँदै जीप दुर्घट्ना, ७ जना घाइते

प्रेम खड्का 
ठाडा,अर्घाखाँची । अर्घाखाँची जिल्लाको सुपा देउराली मन्दिरको दर्शन गरि बुटवल तर्फ जाँदै जीप दुर्घट्ना भएको छ । 
देउराली मन्दिरबाट बुटवल तर्फ जाँदै गरेको लु.१ च ९७८८ नम्बरको जीप शितगंगा नगरपालिका अन्तरगत कोप्चे बाँसमा दुर्घट्ना भएको हो । दुर्घटनामा परि ७ जना घाइते भएका छन् । 
घाइते हुनेमा सवारी धनी सहित २ जना पुरुष र ५ जना महिला रहेका छन् । घाइतेहरुको उपचारका लागि बुटवल पठाइएको छ । 
जीप सडकबाट २५ मिटर तल खसेको छ । दुर्घटनापछि सुरक्षाकर्मीले उद्दार गरेका थिए । 
दुर्घट्नाको कारण खुल्न सकेको छैन् ।  

अन्य समाचारहरु