दिपक भुसाल
मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ५ मैदानको लहरेधारकी एक महिला बेपत्ता भएकी छिन् ।
मैदानको लहरेधारकी अम्बिका बेल्बासे २१ महिनाको छोरा सहित गत फागुन २३ गते विहिबारदेखि बेपत्ता भएकी हुन् ।
अम्बिकाका श्रीमान पुस्कर बेल्बासे ४५ दिन अगाडी वैदशिक रोजगारीका लागि विदेश गरेका थिए ।
अम्बिकालाई आफन्त, छिमेकी जताततै खोज्दा पनि अहिलेसम्म फेला नपर्दा घरपरिवार चिन्तित भएका छन् ।
उनका बाबु मित्रदेब घिमिरे लगायत माइती एवम घर पक्षले प्रहरी तथा सबै पक्षलाई खोजिदिन अनुरोध गरेका छन् । कसैले देखेमा नजिकको प्रहरी वा ९८६७१४९५६१ / ९८०७४६७३८९ नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।